काठमाडौं । सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी डा. आरजु राणा देउवामाथि भएको सांघातिक हमलाको निन्दा गरेको छ ।

विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो ।

सोसलिष्ट इन्टरनेशनलका अध्यक्ष पेद्रो साञ्चेज पेरेस–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घटनाक्रमबारे चिन्ता व्यक्त गरेका हुन् । प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोसलिष्ट इन्टरनेशनलले प्रजातान्त्रिक व्यवस्थानुसार ढिलाई नगरी शान्तिपूर्ण संवादबाट निकास निकाल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय