परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार स्थिरता कायम गर्न सफल भएको बताउनु भएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्टको आज शुभारम्भ कार्यक्रममा उहाँले दुइ दलको समिकरणले देशलाई अगाडी बढाउन सफल भएको बताउनु भयो । देउवा र ओली जिको लिडरसिपले नै हामीलाई अन्तराष्ट्रिय जगतमा पत्याउने वातावरण बनेको राणाको भनाई थियो । नेपाललाई हेर्ने नजर सकारात्मक बनेको छ । नेपालमा केही भएन भन्ने नकारात्कक सोँच बनेको भन्दै राणाले नेपालमा धेरै विकास र परिवर्तन भएको बताउनु भयो । विदेशमा श्रम गर्नु भन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उहाँले युवाहरुलाई आग्रह गर्नुभयो ।

पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उहाँले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता छ । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय