काठमाडौं । औषधि व्यवस्था विभागले एकै पटक पाँच हजार भन्दा बढी औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ ।

विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३ सय २ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागले तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरिएको जनाएको छ । योसँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका हुन् । देशभर २६ हजार ३ सय फार्मेसी रहेका छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९ सय ९८ मा झरेको छ । २६ हजार ३ सय फार्मेसी रहेका छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९ सय ९८ मा झरेको हो ।

विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न समेत अनुरोध गरेको छ । विभागले भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

गत जेठ २८ जेठ सम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय