काठमाडौं । देशभरका विभिन्न १७ सडक अवरुद्ध छन् । वर्षा पछिको पहिरोका कारण यातायात अवरुद्ध भएको हो । रसुवाको गल्छी–त्रिशूली–मेलुङ्ग–स्याप्रुबेंशी–रसुवागढी सडक खण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध छ । संखुवासभामाको कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको छ । ताप्लेजुङको मेलघाट दोभान सडक खण्ड, रुकुम पश्चिमको भेरी करिडोर, रोल्पाको सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ । सुर्खेत, संखुवासभा, सिन्धुपाल्चोक,म्याग्दी, बैतडी, अर्घाखाँची, ओखलढुङ्गा, चितवनका विभिन्न सडक खण्ड पहिरोको कारण अवरुद्ध छन् ।

त्यसैगरि देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाउनु भएको हो । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय