काठमाडौं । देशका विभिन्न भू–भागमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईको केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिक बदली रहने छ । राति, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्यत्र सामान्यतय सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय