आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै छ । माघे संक्रान्तिको अवसरमा चितवन, तनहुँ र नवलपुरको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटमा माघे संक्रान्ति मेला लागेको छ ।कालिगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको विहानै देखि घुइँचो लागेको छ । भक्तजनको भिडलाई मध्येनजर गरी देवघाट जाने भक्तजनलाई आँपटारी–रामनगर–देवघाट र आँपटारी–रामनगर–ठिमुरा–देवघाट प्रवेश मार्ग र देवघाट–वागिश्वरी–आँपटारी सडकलाई बाहिरिने मार्गका रुपमा प्रयोग गरिँदै छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर माघेसङ्क्रान्ति भनिन्छ ।



आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउछन्। आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् ।



