सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐनका कारण देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा चिकित्स शिक्षा पढ्ने नेपाली बिद्यार्थीहरूले स्वदेशमा सरल सहजरूपमा पढ्न नपाएपछि बिदेशीन बाध्य हुदै गएका छन् ।राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन तथा सीटीईभीटी पुनर्संरचनाको माग गर्दै मेडिकल शिक्षाका सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको चरणबद्व कार्यक्रमका साथ काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएर बिरोध जनाइरहेका छन् । सरकारले ल्याएको नितिका कारण बिद्यार्थी नर्सिङ कोर्स पढ्न बन्चित भएको उनीहरुको भनाइ छ । भर्नाको लागि इन्ट्रास परिक्षाको सुचना निकाले पनि पटकपटक सार्ने गरेको देश भित्र पढ्न पाउने अवसर हँदाहुँदै छिमेकी मुलुक भारत जान बाध्य भएकोले आन्दोलन गर्नु परेको पिडित बिद्यार्थीहरूको भनाइ छ ।
ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २सय २८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौँ रकम बिदेशिएको भन्दै चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलन घोषणा गरेका हुन् ।अहिले देशमा भएको शिक्षालयमा पढ्न नदिने कमिसनको लागि नेपाली बिद्यार्थी बिदेश पठाउने खेल भएको निजि प्राविधिक शिक्षालय महासंघका अध्यक्ष अरूण कुमार पाण्डेले बताए ।



सङ्घर्ष समितिका अनुसार सीटीईभीटीअन्तर्गतका प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन ११ र बीएस्सी नर्सिङका ८ वटा शिक्षण संस्था बन्द भएका छन् । नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।नेपालमा मेडिकल विषय पढाइ हुने शिक्षण संस्था बन्द हुँदै गएपछि स्वाभाविक रूपमा नेपाली विद्यार्थीहरू बाहिर जाने हुदा आफुहरू संघर्षमा उत्रिएको सरकारले अझैसम्म कुनै माग सुनुवाइ नगरेको हुदा आफुहरूले थप सशक्त आन्दोलन गर्ने बताए ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



