काठमाडौं । दोलखा, गौरीशंकर गाउँपालिका –०९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका छन् ।बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घरमा पूर्ण रूपमा क्षति पुगेको छ । असुरक्षित स्थानमा रहेका ड्यामका चार जना कर्मचारीलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका –०९ टासिनामका करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) को गोठ पहिरोसँगै बगेको छ । गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगेका छन् ।
चस्मान तामाङ हालसम्म सम्पर्कविहिन रहेकोले नेपाल प्रहरीले खोजी गरिरहेको छ । स्थानीयवासी तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय