अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका–६ मा एकै परिवारको तीन जनाले ज्यान गुमाएका छन् ।

सदरमुकाम चरिकोटस्थित सिमपानीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेका एक जना बालकको उद्दार गरिएको छ ।
शनिबार दिउँसो सदरमुकाम चरिकोटस्थित सिमपानीको पानी ट्याङ्की नजिक घ्याङचौरमा राजकुमार भुजेलको घर पहिरोले पुर्दा राजकुमार उहाँकी श्रीमती राधिका र १५ वर्षीय छोरा सुजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका राजकुमार र उनकी पत्नी राधिकाको शव पहिरोस्थलबाट निकालिएको र घाइते अवस्थामा भेटिएका सुजनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख युवराज खड्काले बताउनुभयो ।
प्रहरी र स्थानीयहरुको सहयोगमा भुजेल दम्पतीका २ वर्षीय नाबालक छोराको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय