दोस्रो बृहत् सल्यान महोत्सव स्थल श्रीनगरमा भीषण आगलागी भएको छ। सनिश्चवार राती करिब ११बजेको समयमा आगलागी भएको हो।

आगलागीका कारण महोत्सव क्षेत्रमा राखिएका करिब दुई सयभन्दा बढी व्यापारिक स्टलहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। नेपाल प्रहरी, शस्त्र प्रहरी बल, र स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। यद्यपि आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट ठूलो मात्रामा आर्थिक क्षति भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति सल्यानले आयोजनामा संचालन भैरहेको महोत्सव माघ १८ गतेदेखि सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय