काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुवाती अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म १ हजार ४ सय १ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गर्नुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३, चकिया (जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गर्नुभएको छ ।



यहाँ तीन स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन् ।



