धनुषाको सबैला नगरपालिका–९ स्थित भठिहनमा चोकको नाम राख्ने विषयमा दुई समूह बीच तनाव बढेको छ। विवादका कारण झडप भएको घटनामा प्रहरीले स्थिति नियन्त्रण गर्न गोली चलाउनु परेको थियो। जसका कारण एक जना व्यक्ति घाइते भएका छन्। प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, झडप नियन्त्रण गर्नका लागि प्रहरीले गोली चलाएको जानकारी दिएका छन्। घाइतेको पहिचान भने अहिलेसम्म खुलाएको छैन। उनको उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ।

विवादको कारण केही दिन अघि यादव चोक नामक बोर्ड राखिएको थियो, जसलाई पछि अन्य समुदायका सदस्यहरूले हटाइदिएका थिए। आइतबारदेखि उक्त स्थानमा तनाव थप बढेको र झडप भएको जनाइएको छ। प्रहरीले अहिले स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको बताइएको छ। यस घटनाले स्थानीय क्षेत्रको शान्ति र सुरक्षा संकटमा पर्ने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय