काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक मन्दिरका पुजारी नभएको पुष्टि भएको जानकारी दिएका हुन् ।

मृतकलाई मन्दिरका पुजारी भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सूचना र समाचार प्रसारण भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त सूचना असत्य भएको जनाएको छ । प्रहरीले मृतक मन्दिरका पुजारी नभई घुमन्ते जीवन बिताउने व्यक्ति रहेको स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले मन्दिर परिसरमा फेला परेको शव बन्ठु राउत कडेरीकै भए पनि उनी मन्दिरका पुजारी नभएको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको पनि जनाएको छ ।

प्रहरीले उक्त घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै मृतक बाहिर काम गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेको जनाएको छ । घटनालाई विशुद्ध आपराधिक प्रकृतिको भन्दै संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धतासमेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय