काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको काठमाडौंको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताहको अवसरमा आयोजित कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि माथेमाले गर्नुभएको संघर्ष र बलिदानको स्मरण गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निरंकुश शासनविरुद्ध लड्ने साहस र नागरिक स्वतन्त्रताका लागि गरिएको त्याग आजका पुस्ताले सम्झनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले व्यक्तिगत सुख–सुविधा त्यागेर देश र जनताको हकअधिकारका लागि ज्यान अर्पण गर्नु भएको माथेमाले जनताको हकअधिकारका लागि लड्नु भएको योगदान सबैले उच्च सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहादतस्थल संरक्षण र सहिदको आदर्श नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।

धर्मभक्त माथेमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएको थियो । वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफल उकालोमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय