काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक अवरोध हटाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडक माथिबबाट रूखसहितको पहिरो खसेपछि बिहानैदेखि सडक दुईतर्फी रोकिएको हो । पहिरो पन्छाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोले काठमाडौं आउन लागेका सवारी गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको सवारी आदमघाट क्षेत्रमा रोकिएको छ ।

लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्कता अपनाउन चालक र यात्रुलाई धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय