काठमाडौं । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । ठुलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन आज दिनभर लाग्ने भएको छ । मुग्लिन–नागढुंगा सडक योजना कार्यालय पश्चिम खण्डका अनुसार पहिरो ठुलो भएकाले आज दिनभर सवारी सञ्चालन हुने सम्भावना निकै न्यून छ ।
पहिरो पन्छाउने तयारी भए पनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालयले जनाएको छ । कार्यालयले चितवन र पोखराबाट राजधानी प्रवेश गर्ने सवारी साधनलाई वैकल्पिक बाटो अपनाउन पनि आग्रह गरेको छ ।
शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड आज जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।






