धादिङ । भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको २ वर्षीय छोराको मृत्यु भएको हो ।

अप्सरा घाँस काट्न जाँदा भीरबाट लडेकी हुन् । कात्तिके चुरे जंगलमा २ वर्षीय छोरा साजनलाई बोकेर घाँस काटिरहेकी अप्सरा सोमबार अपरान्ह साढे ५ बजेतिर भिरबाट लडेकी थिइन् । भीरबाट लडेकी अप्सराको छोरा साजनको भने घटनास्थलमै मृत्यु भएको थियो ।

सात महिनाकी गर्भवतीसमेत रहेकी अप्सराको मलेखु सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय