धादिङ – नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेतीलाई विस्तार गरेकाछन् । धादिङबेशीमा कपडा पसलको ब्यवसाय छोडेर उनले नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवि खेती लगाएकाछन् ।

धादिङको माटोमा किवि खेती सम्भव छ भनेर लाग्ने श्रीकृष्ण अधिकारी किवी खेतीको पहिलो किसान हुन । नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उनको भनाई छ । उनले सुरुमा ३०० को हाराहारीमा किविको बिरुवा लगाई सुरु गरेको किवि खेती बाट हाल बार्षिक ३÷४ लाखको सजिलै आम्दानी गरिरहेकाछन् । समुन्द्री सतह देखि ८०० देखि ३००० मिटर सम्मको उचाईमा किवी खेतीको लागी योग्य भएकोले धादिङका धेरै भु–भागमा बहुमुल्य किवि खेतीको राम्रो सभ्भावना रहेको उनको तर्क छ ।

हाल प्रतिकेजी ३५० का दरले आफ्नै घर सिरानबजार बाट बिक्री बितरण गरिरहेका उनले किविको रेगुलर सेवनले निरोगी बन्न मद्धत गर्नुको साथै किविलाई बढि पौष्टिक आहारको रुपमा समेत लिन सकिने बताए। हाल गरिरहेको अन्न खेतीको तुलनामा किवि खेतीबाट ३ गुणा भन्दा बढि फाईदा हुने अधिकारीको भनाई छ । आगामी दिनमा किवि खेतीलाई बिस्तार गरेर लैजाने उनको सोच छ ।

रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले मन तानेकाले उनले किवी खेती विस्तारै गर्न थाले । अहिले नीलकण्ठ १ काउलेमा किवीको बोट झाङ्गिन थालेको छ । उनकै सिको टिपेर अन्यले समेत बैकल्पिक खेतीको रुपमा किविलाई रोज्न थालेका देखिन्छन् । उजको खेतीबाट प्रभावित भएर हाल जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् ।

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि तिनै तहको सरकार मिलेर धादिङलाई किवि पकेट क्षेत्र बनाउनुपर्ने उनका धारणा छ । दिनानुदिन बैदेशिक क्षेत्रमा युवाहरु पलायन भैरहेको बेला यस खेतीको प्रवध्रन गर्न सके बाझो जमिन सदुपयोगका साथै देशमा नै रोजगारी सिर्जना हुने देखिन्छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उनले बताए ।

देशमा फलफुलमा किवि खेतीले आत्मर्निर बनाउनुका साथै बढि उत्पादन भएको खण्डमा खाडी मुलुक समेत निर्यात गर्न सकिने उनले बताए । हाल उनले सदरमुकाम धादिङबेशी सहित काठमाण्डौ, चितवन लगाएतको बजारमा किवी बिक्री गर्दै आएको बताए।फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै धादिङबेशी बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । किसान मैत्री शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय