काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धारामा पानी नआउने तर बिल आउने समस्या तत्काल समाधान गर्न गर्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री दाहालले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले मेलम्चीको काम तीब्रताका साथ भइरहेको र एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजल ल्याउने दाबी समेत गरेका छन् । काठमाडौँ उपत्यकामा अहिले दैनिक २५ करोड लिटरको खानेपानी माग रहेको बताउँदै प्रधानमन्त्री दाहालले अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय