नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखापरीक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहकारी संस्थामा देखिएका प्रारम्भिक समस्या, आर्थिक पारदर्शिता, व्यवस्थापन पक्षको सुधार तथा संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।
सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउन आवश्यक पहल गर्ने विषयमा सहभागीहरूले सुझाव राखेका थिए। नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गर्ने जनाएको छ। कार्यक्रममार्फत सहकारी संस्थाहरूको अवस्था सुधार, सदस्यको हित संरक्षण तथा संस्थागत सुशासन कायम गर्न आवश्यक कदम चाल्ने विषयमा जोड दिइएको थियो।






