नवलपरासीको बर्दघाट बजारस्थित नक्कली नोट र नोट बनाउन प्रयोगमा हुने सामाग्री सहित दुई जना युवक पक्राउ परेका छन । वर्दघाट नगरपालिका ४ स्थित बिनय होटल एण्ड रेष्टुरेन्टवाट एक हजारको नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामाग्री बरामद भएको हो ।
पक्राउ पर्नेमा तनहु ऋषिङ गाउँपालिका ३ दानश्री वस्ने २५ वर्षिय सुरज बिक र नवलपरासीे बुलिङ्गटार गाउँपालिका ६ ठिमिरेका कृष्ण बहादुर विश्वकर्मा रहेका छन । चाडपर्वको अबसर पारेर नक्कली नोट बजारमा काराबोर भैरहेको गुनासोपछि प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेहरुवाट एक हजारको १ लाख उनान्चालिस हजार नक्कली नोट समेत बरामद भएको छ । पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भैरहेको छ ।






