काठमाडौँ — सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन आज राजधानीमा झन् आक्रामक बनेको छ। नयाँबानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। प्रदर्शनकारीले गेट भत्काउँदै संसद परिसरमा प्रवेश गरेका थिए। आगलागीबाट सभा हल, दलका कार्यकक्ष तथा भवनभित्रका अन्य भागमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। संसद भवनभित्र रहेका सवारीसाधन पनि जलाइएका छन्।

घटनाक्रमको दौरानमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका थिए भने केहीले सुरक्षाकर्मीको बन्दुक खोसेर प्रदर्शन गरेका थिए। उग्र भीड नियन्त्रणमा लिन नसकेपछि सुरक्षाकर्मी पछि हट्न बाध्य भएका थिए। आजै सिंहदरबार, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालत परिसरमा पनि आगजनी र तोडफोड भएको रिपोर्ट गरिएको छ। यस्तै, प्रमुख नेताहरूको आवास र कार्यालय वरपर पनि तनाव बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय