काठमाडौं । नारायणप्रसाद दाहालले नयाँ संसद् भवन आगामी अधिवेशन अघि नै संचालन योग्य बनाउन निर्देशन दिनुभएको छ । शुक्रबार भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिँदै अध्यक्ष दाहालले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएका हुन् ।
निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै उहाँले कामलाई थप तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । केही दिनअघि मात्रै उहाँले शहरी विकास मन्त्रालयका सचिव तथा सम्बन्धित निर्माण पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिनुभएको थियो । सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार पार्नुपर्नेमा उहाँको जोड छ ।






