बाँकेको नरैनापुर गाउँपालिका– ३ गेग्लीमा झाडापखालाको प्रकोप नभएको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ ।

मृत्यु भएका तीन जनामा झाडापखाला समस्या देखिएको परिवारका सदस्यले बताए पनि ल्याब रिपोर्टमा कोलेराको परजीवी नदेखिएको स्वास्थ्य शाखाले जनाएको हो ।

सोही गाउँका १० वर्षीय युसुफ अलि शेखमा ११ भदौको मध्यरात टाउको दुख्ने र ज्वरोको समस्या देखिएपछि उपचारका लागि भोलिपल्ट बिहान भारतको भिंगा लगिएको थियो । उपचारपछि घर फर्किएका बालकको त्यही दिन दिउँसो घरमै मृत्यु भएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार साहले बताउनु भयो ।

दुई जनाको गाउँमै उपचारपछि निको भएको र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको साहले बताए । उनीहरूको दिसा जाँच गर्दा कोलेराको परजीवी नदेखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय