काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले नवनियुक्त गर्नुभएका तीन मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाइ शपथ ग्रहण गराउनु भएको हो । घिसिङलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याललाई गृह र कानुन तथा खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालने भएका छन् ।



जेनजी आन्दोलनपछि नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।



