नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको एक समारोहकाबीच शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

प्रधानन्यायाधीश श्रेष्ठको शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतका उच्च तहका सरकारी अधिकारीहरुको उपस्थिति थियो । समारोहमा उपसभामुख इन्दीरा रानामगर भने अनुपस्थित थिइन् ।

श्रेष्ठलाई संवैधानिक परिषदको सिफारिसमा सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो । संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन । डोटीमा जन्मेका श्रेष्ठ २०७३ साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय