नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सोमबारै पदभार ग्रहण गरेकी छिन माओवादीका तर्फवाट सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराइएको हो ।

सअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमतका खानले चैत १७ गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय