काठमाडौं । नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका ६ जना न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । बुधवार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



