काठमाडौं । आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिंदै छ ।

भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय