वीरगन्ज –
चालु आर्थिक वर्षको ७ महिना(साउनदेखि फागुनसम्म ) को अवधिमा वीरगन्ज नाका हुँदै १९ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नयाँ सवारीसाधन भित्रिएका छन् । जसबाट वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ४० करोड राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको त्यहि ७ महिनाको अवधिमा भने वीरगन्ज नाका हुँदै १३ अर्ब ९५ करोड रुपैयाँ मूल्यको मात्रै नयाँ सवारीसाधन नेपालमा भित्रिएको थियो । त्यसबापत वीरगन्ज भन्सार कार्यालयले १२ अर्ब १२ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ५ अर्ब ६९ करोड रुपैयाँ बढी मूल्यको नयाँ सवारी साधन वीरगन्ज नाका हुदैं भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नयाँ सवारीसाधनको आयात बापत गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब २८ करोड रुपैयाँ बढी राजस्व संकलन गरिएको वीरगन्ज भन्‘
संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार वीरगन्ज जादैछन ।अर्थ मन्त्रालयका अनुसार वाग्ले शुक्रबार बिहानको जहाजबाट सिमरा विमानस्थल पुग्ने र त्यहाँबाट विभिन्न ठाउँका अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ । अर्थमन्त्री वाग्लेले वीरगन्जस्थित वीरगन्ज भन्सार कार्यालय मातहतको आईसीपी र सिर्सिया सुख्खा बन्दरगाहमा पुगेर त्यहाँ अनुगमन गर्ने कार्यक्रम रहेको छ ।



वीरगन्ज क्षेत्रको व्यापारिक अवस्था, राजस्व संकलनको वर्तमान स्थिति, सेवा प्रवाहमा देखिएका समस्या तथा निजी क्षेत्रले भोगिरहेका चुनौतीहरू बारेमा जानकारी लिन अर्थमन्त्री वाग्ले वीरगन्ज आउन लागेका हुन् । त्यसक्रममा उनले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी र यहाँका उद्योगी व्यवसायीसंग भेटेर राय सुझाव लिने बताइएको छ ।



