काठमाडौँ — नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म तथा पोखरेभिर क्षेत्रमा आजदेखि सडक कालोपत्रे कार्य सुरु गरिएको छ। निर्माण कार्यका लागि मंसिर २४ गतेदेखि पुस १ गतेसम्म प्रतिदिन बिहान १०:३० बजेदेखि दिउँसो ३: ३० बजेसम्म सो सडक खण्ड पूर्ण रूपमा बन्द गरिने सडक विभागले जनाएको छ। बन्द अवधिमा सवारी–साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।



सडकको गुणस्तर सुधार्न, यात्रा समय घटाउन तथा दुर्घटना जोखिम कम गर्न लक्षित यो काम निर्धारित समयभित्र पूरा गरिने विभागको भनाइ छ। यात्री र चालकहरूले कामको अवधिमा यात्रा योजना मिलाउन विभागले अनुरोध गरेको छ।



