काठमाडौं । राजधानी भित्रिने मुख्य सडकमार्गको नाका नागढुंगा–नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको हो । यसअघि उक्त खण्ड रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेकोले स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्नका लागि अनुमति पाएको आयोजनाले जनाएको छ ।
आयोजनाको नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना जारी गर्दै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय