रुपन्देही -रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारी लयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।



प्रदेश ऐन बन्नुभन्दा अघि नै सहकारीको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानून विपरित हुने व्यवस्था थियो । तर, स्थानीय कांग्रेस नेता घनश्याम तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर १७ वर्षदेखि अध्यक्ष रजगज गर्दै आएको, कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिवसमेत रहेका सहकारीमा सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीले नागरिकको ठूलो धनराशी उपचलन गरेको पाईएपछि अहिले उनीहरु फरार भएका छन् ।
यसैबिच गएराती सहकारीका बचतकर्ताहरुले अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा लगायतको घर अगाडी प्रर्दशन गर्दै नागरिकको पैसा खानेलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । सविच थापा घरमै भएको आशंकामा घर घेराउ गर्न गएका बचतकर्ताहरु आएको सुईको पाएपछि घर पछाडीबाट भागेको हुनसक्ने भन्दै बचतकर्ताहरुले राज्यले वास्तविक सहकारी लुट्नेहरुलाई कानुनी कट्घरामा ल्याउन नसकेको गुनासो गरेका थिए ।
बचतकर्ता मीना न्यौपाने भट्टराईले वैदेशिक रोजगारी गएका श्रीमानले पठाएको पैसा मासिक एक हजार रुपैयाँ जम्मा गरेको बताउँदै सहकारीमा रकम हिनामिना भएको सुँइको पाएपछि आफुहरुले अध्यक्ष र सचिवलाई भन्दा उनीहरुले त्यस्तो केही भएको छैन्, भन्दै ढाँटेको बताइन् । सहकारीबाट पीडित बनेका अर्का बचतकर्ता ज्ञानेन्द्र बञ्जाडेले सञ्चालकले नै नागरिकको पैसा अपचलन गरेको, म्याईन्यूट लगायत महत्वपूर्ण कागजात च्यातेर भागेकोले अभियुक्तहरुलाई कारबाहीको माग गरे ।
पीडित कमला वस्यालले सहकारीको स्थापनाकालदेखि बचत गर्दै आएको भन्दै आफ्नो चौध लाख रुपैयाँ बचत गरेको रकम डुबेको बताइन् । बचतकर्ता लक्ष्मी पराजुलीले आफुले सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लिएकोमा आफ्नै अंकल पर्ने सहकारीका व्यवस्थापक वसन्त पराजुलीले ८५ लाखको ऋणी बनाईदिएर थप पीडित बनाएको दुखेसो पोख्दै उनले पाँच लाखको ब्याज र साँवाको किस्ता नियमित तिर्दै आएको बताइन् ।
प्रहरीसँगै सचिव रामबहादुर थापाको घर राति ११ बजे खानतलासी गर्न पुगेका सहकारी पीडित टेकराज पन्थीले सहकारीको रकम हिनामिना गरेर फरार रहेका थापाकी श्रीमती र चार जना अपरिचित व्यक्तिहरुलाई मदिरासहतिको डिनर पार्टी गर्दै गरेको अवस्थामा फेला पारेपछि सचिव थापा पनि भएको तर पछि उनी भागेको हुनसक्ने आशंका गर्दै चार जनालाई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाईएको बताए ।



