नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारबाट टाढिने निर्णय गर्दै अब प्रतिपक्षको भूमिकामा बस्ने घोषणा गरेको छ। पार्टीकी प्रमुख नेतृ तथा सांसद रंजिता श्रेष्ठले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत यो निर्णय सार्वजनिक गरेकी हुन्। सुदूरपश्चिम प्रदेशमा पार्टीका मन्त्री रामेश्वर चौधरीलाई कुनै पूर्वसूचना वा औपचारिक प्रक्रिया विना पदमुक्त गरिएको घटनाले यो राजनीतिक मोड ल्याएको हो। श्रेष्ठले उक्त बर्खास्तीलाई असंवैधानिक, अपमानजनक र लोकतान्त्रिक मूल्यविपरीतू भएको बताउँदै तीव्र आपत्ति जनाइन्।

उनले भनिन्, “हाम्रो सांसदको बेइज्जती हुनु भनेको पार्टीकै अपमान हो। जनताको विश्वासलाई यसरी अपमान गर्नु दुस्खद छ।” उनका अनुसार, पार्टीभित्र व्यापक छलफल र संरक्षक रेशम चौधरीको मार्गदर्शनमा प्रतिपक्षमा बस्ने निर्णय गरिएको हो। सांसद श्रेष्ठले यो निर्णय केवल सत्ताबाट बाहिरिने मात्र नभई संविधान र जनविश्वासको सम्मानूका लागि गरिएको रणनीतिक कदम भएको स्पष्ट पारिन्।

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू संघीय संसदसहित मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका छन्। पार्टीले आफू उत्पीडित वर्गको आवाजको प्रतिनिधि रहेको दाबी गर्दै आगामी दिनहरूमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय