काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले लगभग १ सय मिटर सडक अवरुद्ध हुन पुगेको छ ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १ सय मिटर सडक ढाकेको जानकारी दिनुभयो । निरन्तर पहिरो खसेकोले रातको समयमा पहिरो पन्छाउन नसकिए पनि बिहानबाट पहिरो पन्छाउने काम भइरहेको छ ।

दुवैतर्फबाट लोडरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खसेको ठाउँ मुग्लिनबाट साढे २ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय