काठमाडौं । पहिरोले बिहानैदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएको सवारीसाधन एकतर्फी संचालनमा ल्याइएको हो ।
चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन आएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम भएकोले सावधानीपूर्वक यात्रा गर्न आग्रह गर्नुभएको छ ।



पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी नै रहेकाले उच्च जोखिम भने कायम रहेको छ ।



