काठमाडौं । नारायणगढ–मुग्लिन सडक सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसको खोजीको क्रममा नारायणी नदीमा एउटा शव भेटिएको छ । भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साथमा भेटिएको भारतीय आधार कार्डको आधारमा उनको नाम ऋषिपाल साह रहे खुलेको छ ।
शनिबार विहान काठमाडौंबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौं आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थिये । ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए ।



हिजो दिनभरको खोजतलासपछि पनि बस नभेटिएछि आज बिहानदेखि नै खोजी कार्य सुरु गरिएको छ ।



