काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बोसिगाउँस्थित माःपुँचामा स्थानीयको सुविधाका लागि आकर्षक फल्चा तथा छहारी निर्माण गरिएको छ। व्यक्तिगत खर्चमा निर्माण गरिएको उक्त फल्चा सामुदायिक सेवाको उद्देश्यले सर्वसाधारणका लागि खुला गरिएको हो।

स्थानीय बासिन्दाका अनुसार घाम, पानी र थकाइबाट विश्राम लिन सहज होस् भन्ने उद्देश्यले फल्चा निर्माण गरिएको हो। परम्परागत नेवारी संस्कृतिमा फल्चा सामाजिक भेटघाट, विश्राम र आपसी सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ।

निजी पहलबाट निर्माण गरिएको फल्चाले स्थानीयको आवश्यकता पूरा गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयले यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

चन्द्रागिरि–१० बोसिगाउँमा निर्माण भएको यो फल्चा अहिले स्थानीय तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। सामुदायिक हितका लागि गरिएको यो प्रयासले व्यक्तिगत पहलबाट पनि समाजमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय