स्थानीयले बिरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ । निर्माणधीन सबैभन्दा ठुलो २८५ मेगावट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो । फक्ताङलुङ गाउँपालिका ३ सिँवामा रहेको ब्यारेकमा कामदार नभएको समयमा आज बिहान करिब साढे आठ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । कर्मचारीहरु काम गर्न गएको समयमा १० देखि १२ जनाको समुहले तोडफोड गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

उक्त समुहले ब्यारेकके १३ ओटा झ्याल, छ ओटा ढोकामा, एउटा हेलोजिन लाईट तोडफोड गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । घट्ना पश्चात तत्काल प्रहरी चौकी सिँवाबाट प्रहरी सहायक निरीषकको कमाण्डमा प्रहरीको टोलि खटाइएको थियो । तोडफोड गरेर समुहहरु अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको नेतृत्वमा १० जना प्रहरी खटाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय