फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ। निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो । गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए । आजसम्म दर्ता हुने राजनीतिक दलले फागुन २१ गतेमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन् ।



गत मंसिर ४ गते २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भन्दा यसपटक निर्वाचन लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसबेला ८४ दलले चुनाव लडेका थिए यसपटक चुनाव लड्ने भनेर दर्ता गराएका दलहरुको संख्या १०८ पुगिसकेको छ । यसमा अझ केही दल थपिन सक्ने अनुमान छ । जेनजी आन्दोलनपछि गठन भएका मात्रै बिभिन्न २३ वटा राजनीतिक दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन् । अझै विभिन्न १६ वटा दल दर्ता प्रक्रियामा छन् ।



