काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जानकारी दिएको छ ।

आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँगको आचारसंहिता सम्बन्धी छलफलमा यसबारे जानकारी दिएका हुन् । जबराका अनुसार अनुगमनका लागि वैदेशिक सहयोग प्राप्त भएको छ र नेपाली सेनाको उपकरणमार्फत पनि निगरानी गरिनेछ ।

यस्तै, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एकपटक स्पष्टीकरण दिने व्यवस्था भएको र चित्तबुझ्दो जवाफ नआए कारबाही अघि बढाइनेछ । आयोगले फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गरेर अनैतिक सामग्री हटाउनसमेत पहल गर्ने जानकारी दिइएको छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमनलाई पारदर्शी, प्रभावकारी र चुनावी निष्पक्षतामूलक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय