काठमाडौं । आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन संचालन केन्द्र स्थापना गरेको छ । निर्वाचन आयोगका अनुसार यो केन्द्रमा आयोगका पदाधिकारीहरूका साथै देशका सबै सुरक्षा निकायका प्रतिनिधिहरू रहनेछन् ।

केन्द्रले निर्वाचनको तयारी, कार्यान्वयन, मतदानको सुरक्षा, मत गणना र आपतकालीन व्यवस्थापनमा समन्वयको महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, केन्द्रले निर्वाचनसम्बन्धी निर्णय, समस्या समाधान र निगरानी कार्यहरू एकै स्थानबाट छिटो र प्रभावकारी रूपमा संचालन गर्ने व्यवस्था मिलाएको छ ।

यो कदमले आगामी निर्वाचनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय