काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद‍्बाट सिफारिश भएका तीनको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मंगलबार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ आज सम्पन्न भएको हो ।

सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन प्रस्तावित पदाधिकारीहरूलाई समितिले आग्रह गरेको छ । परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्न आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय