काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधान विपरीत कुनै निर्णय गरे देशभर विरोध आन्दोलन हुने चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले केन्द्रदेखि वडा तहसम्म चारतारे र रूख अंकित झण्डासहित आन्दोलन गरिने बताउनुभयो ।

खड्काले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्र रहेको स्पष्ट पार्दै केही नेताले अवैधानिक भेला गरेर विशेष महाधिवेशनको नाम दिएको आरोप लगाउनुभयो ।

उहाँका अनुसार त्यसले पार्टीलाई कमजोर बनाएको छ । कार्यवाहक सभापति खड्काले पार्टी नियमित महाधिवेशनको तयारीमै रहेको र क्रियाशील सदस्यता टुंगिएपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय