काठमाडौं । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र जिम्मेवार बनाउने उद्देश्यले निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

निर्वाचन आयोगको तर्फबाट सह–सचिव नारायण प्रसाद भट्टराई र टिकटकको तर्फबाट प्रतिनिधि श्री फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार निर्वाचन अवधिभर भ्रामक सूचना, गलत प्रचार, घृणास्पद अभिव्यक्ति तथा निर्वाचन आचारसंहिता विपरीतका सामग्री नियन्त्रण गर्न आपसी सहकार्य गरिनेछ । समझदारी हस्ताक्षर समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा साथै आयोगका सचिव कृष्ण बहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । आयोगले सामाजिक सञ्जालको प्रभाव बढ्दो रहेको अवस्थामा डिजिटल प्लेटफर्मसँगको सहकार्यले मतदातालाई सही सूचना प्रवाह गर्न, निर्वाचनप्रति विश्वास बढाउन र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

टिकटकले पनि नेपालमा हुने निर्वाचनलाई मर्यादित र जिम्मेवार बनाउन आयोगसँग नजिकबाट काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय