काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ । आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ शुरु गरिएको हो । प्रत्यक्षतर्फ अब करिव दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

आयोागका अनुसार आउने हप्तासम्ममा मतदाता नामावली छपाई पुरै सकिन्छ । मतपत्र छपाईको काम चाँही समानुपातिकतर्फको दुई करोड ८ लाख ३० हजार मतपत्र चाहिने थियो, त्यति मतपत्र सबै छापिसकियो । गएको हप्तादेखि प्रत्यक्ष तर्फको मतपत्र छपाईको शुरु भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तिब्र बनाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय