फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अवरुद्ध पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सामाजिक सञ्जाल युट्युबमार्फत ‘निर्वाचन हुँदैन’ भन्ने प्रकारको अफवाह फैलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ उनलाई पक्राउ गरी काठमाडौं प्रहरीलाई बुझाएको जनाएको छ।
प्रहरीले अधिकारीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।






