नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रवादीलाई राम र राजावादीलाई रावणको संज्ञा दिएका छन्। पार्टीको जिल्ला कमिटी सप्तरीको दशौं जिल्ला अधिवेशनलाई बुधबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राजावादी पक्षधरहरू गुण्डागर्दीमा उत्रेको बताए ।आन्दोलनको नाममा जहाँ गए त्यही उनीहरुले लुटपाट गरे पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने मिठाई पसलमा मिठाई, फलफुल पसलमा फलफुल, जहाँ जे पाए त्यही लुटपाट गरे ।

उनले राजावादीले प्रदर्शन गरेकै दिन समाजवादी मोर्चाले पनि प्रदर्शन गरेको तर गणतन्त्र पक्षधरहरूले कहीँ कतै कुनै समस्या उत्पन्न नगरेको उनले बताए । गणतन्त्रवादीहरू १ लाख भन्दा बढी सहभागी भएका थियोु उनले भने, तर थोरै सङ्ख्यामा रहेका राजावादीहरुले लुटपाट आग्जनी र तोडफोड गरे । अध्यक्ष नेपालले आफ्नै पार्टी कार्यालयबाट कम्प्युटर प्रिन्टर किताब चोरी गरेर लगेको र पार्टी कार्यालयमा आगो समेत लगाइदिएको बताए । राजावादीहरू यही भएर गुण्डा हुन् उनले भने, यही फरक छ गणतन्त्रवादी र राजावादीमा रावणले लुटेको छ र रामले सबैको भलाई गर्छ।

अध्यक्ष नेपालले कांग्रेस र नेकपा एमालेको सरकार नालायक भएको टिप्पणी गरे । यो दुवै पार्टीको सरकारले देश र जनताको भलाई नगरिरहेको उनको भनाइ छ । जनताको समस्याप्रति वेवास्ता गरेको यो सरकारबाट केही हुनेवाला छैनु उनले भने । भ्रष्टाचार कुशासन बढ्दा र जनताको समस्यामा ध्यान नदिँदा देश बिग्रन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय