काठमाडौं । नेकपा एमालेले मुलुकका ७ सय ५३ वटै पालिकाहरुमा जनप्रदर्शन गरेको छ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले सबै पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा जनप्रदर्शन तथा कोणसभा गरेको हो ।

यसैक्रममा नेकपा एमाले चन्द्रागिरि नगरकमिटीले पनि आज जनप्रदर्शन तथा कोणसभा गरेको छ । चन्द्रागिरिको नैकापबाट सुरु भएको ¥याली गुर्जुधारामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतलगायतले सम्बोधन गरेका थिए ।

एमालेले यही कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न गरिसकेको छ । कात्तिक २९ गते जिल्लास्तर र मङ्सिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय