काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको चुनावपछि नेपाली कांग्रेस देशकै पहिलो पाटी हुने दाबी गर्नुभएको छ । उहाँले राँके बजार इलाम र पाँचथरको संयुक्त चुनावी सभामा सम्बोधन गर्दै कांग्रेस अबको निर्वाचनमा पनि पहिलो पार्टी नै हुने बताउनु भयो ।
शर्माले देशलाई निकास दिनका लागी कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने र कांग्रेस बाहेक अरुले गर्न नसक्ने उल्लेख गर्नुभयो । पहिलो दल भई कांग्रेस सरकारमा जाने र दोश्रो र तेश्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेश गर्ने उहाँको भनाई थियो । उहाँले नेता तथा कार्यकर्तालाई देशलाई नयाँ सिराबाट लैजानको लागि आउँदै गरेको निर्वाचनमा नयाँ ऊर्जा लिएर अघि बढ्न आग्रह गर्नुभयो ।






